संसद प्रतिपक्षविहीन भयो, बानेश्वरबाट म प्रतिपक्षीको भूमिका खेल्नेछु : सागर ढकाल


काठमाण्डौ : प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका सागर ढकालले संसद प्रतिपक्ष विहीन भएकाले आफूले बानेश्वरबाट प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा संसद भवन बानेश्वरलाई पृष्ठभूमिमा राखेर भिडिओ सार्वजनिक गर्दै ढकालले मन्त्रिपरिषद् विस्तारलगायत विषयमा आफ्ना धारणा राखेका छन्।

अहिलेको मन्त्रिपरिषदमा ९० प्रतिशत सदस्यहरू पुराना भए पनि १० प्रतिशतबाट आफूले केही नयाँ काम हुने आशा गरेको बताएका छन्।

रवि लामिछानेलाई शंकाको सुविधा दिएको उल्लेख गर्दै उनले राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री हुनु गलत भएको बताएका छन्।

‘मैले बानेश्वरको संसद भवनभित्र आफ्ना कुरा राख्ने गरी मत पाइनँ। तर अहिले संसद प्रतिपक्षविहीन भयो,’ ढकालले फारवेष्ट खबरसँग भने,‘त्यही भएर अब संसद भवनलाई पृष्ठभूमि राखेर निरन्तर समसामयिक विषयमा आफ्ना कुराहरू राख्नेछु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0