कैलालीको गोदावरी लेमनग्रास खेल मैदानमा प्याब्सन फेस्टिबल सुरु


अत्तरिया : कैलालीको गोदावरीमा ‘प्याब्सन फेस्टिबल’ सुरु भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा बुधबार देखि नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु भएको हो । उक्त फेस्टिवलको एक औपचारिक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।

बालबालिकाको शारीरिक मानसिक तथा सर्वाङ्गिण विकास गर्नको लागी प्याब्सन फेस्टिबल आयोजना गरिएको आयोजकले जनाएको छ । गोदावरी नगरपालिका – ३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिएको प्याब्सन फेस्टिवलको कार्यक्रम चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान पनि संचालन हुने आयोजकले वताएकोछ ।

प्याब्सन फेस्टिबलमा गोदावरी नगर क्षेत्रका प्याब्सनमा आवद्ध १६ विद्यालयहरु सहभागि रहेका छन् । फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने छ ।
फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्नमाध्यमिक र माध्यामिक तहका विद्यार्थीलाई समेटिएको छ । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने छ । ुप्याब्सन फेस्टिबल’ माघ १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0