सामाजिक अभियान्ता तथा विभिन्न संस्थाद्धारा अस्थायी गौशाला निर्माण पछि गोदावरीधाममा निः शुल्क चिया वितरण


अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरीधाममा माघिमेलाको अवसरमा आज निः शुल्क चिया वितरण कार्यक्रम को आयोजना गरिएको छ।
गोदावरीधाममा बाह्रराशी दर्शन मकर मेलाका लागि आउने श्रद्दालु भक्तजनहरुका सहजताका लागि यसक्षेत्रमा एकदिन अघिमात्रै अस्थायी गौशाला निर्माण सम्पन्न गरे पश्चात यस क्षेत्रका सामाजिक रुपमा निस्वार्थ रुपले सामाजिक कार्य गर्दै आईरहेका सामाजिक अभियान्ता पुस्कर शर्मा जोशी, दुर्गा कुमार पोखरेल, हरी भट्टराई, दिपक ओझा, एल आर ओझा एवं अत्तरियामा रहेका सामाजिक संस्थाहरु गोदावरी विश्व हिन्दु युवा संघ वाल क्लव, ,प्लानेट मन्टेश्वरी, थ्रीडिभियल क्रेशन, र अत्तरिया जुनियर जेसिजले उक्त कार्यक्रमको आयोजना गरेको आयोजक पुस्कर शर्मा जोशीले वताएका छन् ।
गोदावरीधाममा आजदेखि नै बाह्रराशी दर्शन मकर मेलाको शुभारम्भ भएको छ । शनिबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले बाह्रराशी दर्शन मकर मेलाको उद्घाटन गरेका थिए ।
मेलामा बाह्रराशी नवग्रह, सत्ताईस नक्षेत्रको स्थापना तथा लक्ष्यहवन , विभिन्न पुराणहरु प्रारायण, ग्रह पूजा, ग्रह शान्ति, भजनकिर्तन, प्रवचन कार्यक्रम हुने आयोजक गोदावरी धाम विकास समितिले जनाएको छ ।
गोदावरीधाममा सुदूरपश्चिम का बिभिन्न जिल्ला सहित मित्रराष्ट भारत बाट आउने तमाम श्रद्दालु भक्तजनहरुको घुइँचो लागेको देख्नपाईन्छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0