सुदूरपश्चिम प्रादेशिक महोत्सवको पाँचौ दिन, आज यी कलाकार आउँदै


अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज पाँचौ दिन हो । अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज चर्चित गायिका इन्दिरा जोशी ,चर्चित लोक पप तथा देउडा गायक चेतन बोहरा र नृत्यङ्गना रुविना अधिकारी आउँदै छन् ।

महोत्सवको आज पाँचौ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघले जानकारी दिएका छन । यसअघि (हिजो) शनिबार चर्चित गायक हिमाल सागर ,देउडा गायक दिपेन्द्र दाहाल ,गायिका माया पाण्डेय र रोजिका चौधरीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।

महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् ।महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।

प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको उद्योग वाणिज्य संघले बताउदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0