कैलालीको गोदावरी धाममा बाहृराशि मकर मेला सुरु ,


अत्तरिया : कैलालीको गोदावरीमा बाह्रराशि मकर मेला सुरु भएको छ। जिल्लाको प्रसिद्ध धार्मीक क्षेत्र गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेलाको सुरु गरिएको हो। गोदावरी धाममा एक कार्यक्रमका बिच सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले मेलाको उदघाटन गरेका छन्।

सुदूरपश्चिमका नवनियुक्त मन्त्री सन्तोष थापा, प्रदेश सभा सदस्य प्रकाश बम, तुल्सी देवकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, उप–प्रमुख शारदादेवी रोकाया, स्वामी १००८ देवराज आर्चाय लगाएतले मेलाको उद्धघाटनमा सहभागिता जनाएका थिए।

मकर मेला माघ १ देखि १२ दिन सम्म सञ्चालन हुने छ। मेला मुल आयोजक समितिका संयोजक पदमराज जोशीले मकर मेलाकोको लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण गरिएको बताए।

मेलाका लागि गोदावरी क्षेत्रमा अस्थानीय बजार समेत लाग्न सुरु भएको छ। मकर मेलाको समयमा १२ दिनसम्म आ–आफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्ने गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0