मकर मेलामा गोदावरी नगरपालिकाद्वारा निःशुल्क बस व्यवस्थापन


अत्तरिया : माघ १ गते कैलालीको गोदावरी धाममा आयोजना हुन लागेको मकर मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । गोदावरी नगरपालिकाले मकर मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरेको हो ।

नगरप्रमुख वीरेन्द्र भट्टले धार्मिक आस्था राख्ने सम्पूर्ण भक्तजनहरूलाई सहज होस भन्ने अपेक्षाले निःशुल्क रूपमा बसको व्यवस्था गरिएको बताए । मेयर भट्टले मकर मेलाको दिन गोदावरीमा जाने मानिसको घुइँचो हुने भएकाले नगरपालिकाले एक दिनका लागि ३ वटा बसहरू को व्यवस्था गरेको बताए ।

मकर मेलाको दिन गोदावरी जाने धर्मावलम्बिहरुका लागि हामीले निःशुल्क रूपमा बसको व्यवस्था गरेका हौँ उनले भने त्यति मात्रै नभई भिडभाडको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै हामीले हेल्थ डेस्क को पनि व्यवस्था गरेका छौ । उनले चिसोको समयमा साँझ उतै बस्ने श्रद्धालु भक्तजनहरूका लागि आगो ताप्न दाउराको पनि व्यवस्था गरिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0