सुदूरपश्चिममा मुख्यमन्त्री सहित २ मन्त्रीले लिए शपथ


धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराए ।

यस्तै माओवादीका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपाति सांसद हुन् ।

सभामुख को निर्बाचन प्रक्रिया भने अझै शुरु भएको छैन । सभामुख पनि सत्ता गठबन्धनबाट नै हुने निश्चित देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0