सेनाले माग्यो ४५ वर्ष ननाघेका १८ जना वृक्षारोपण गर्ने हेरालु


काठमाडौं : नेपाली सेनाले १८ जना वृक्षारोपण गर्ने हेरालु माग गरेको छ।

नेपाली सेना काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना जंगी अड्डाले करारमा १८ जना वृक्षारोपण हेरालु माग गरेको हो।  योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने नेपाली सेनाले जनाएको छ। साधारण लेखपढ गर्न सक्ने र बोटबिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको हुनुपर्ने छ। ४५ वर्ष ननाघेकाले आवेदन दिनसक्ने सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0