राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनवाट ३ बर्ष को लागि नयाँ नेतृत्व चयन हुदै


अत्तरिया : राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, सुदुरपश्चिम प्रदेस को दोस्रो अधिबेशन कैलालीको लालपुरमा हुने भएको छ । प्रतिष्ठानले आज अत्तरियामा पत्रकार सम्मेलन गर्दै सो कुरो को जानकारी दिएको हो । संस्थाका प्रदेश अध्यक्ष पदम बहादुर धामीका अनुसार अधिबेशन पुस २२ र २३ गते दोस्रो अधिबेशन हुने भएको छ । संस्थाका हाल ५६ जिल्लामा जिल्ला शाखा रहेका छन् । अधिबेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

संस्थाको ३ कठ्ठा जमिन सहित को भबन पनि निर्माण भैसकेको संस्थाले जनाएको छ । संस्थाका ५२२ जना सुदुरपश्चिमभर सदस्य रहेका छन् भने ९ जिल्लामा नै जिल्ला शाखा रहेका छन् । संस्थाका आजिबन सदस्य ३२ जना रहेका छन् । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्था को रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान परिचित रहंदै आएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले गर्ने समेत प्रतिष्ठानले वताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0