धेरै जना आकाक्षी बीच नेपाली कांग्रेस सुदुरपश्चिममा शाह संसदीय दलको नेता सर्बसम्मत चयन


धनगढी :सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमल बहादुर शाह सर्बसम्मत चयन भएका छन । आज धनगढीमा बसेको दल को बैठकले शाहलाई सर्बसम्मत नेता चयन गरेको हो ।

शाह कैलाली २ बाट प्रदेशमा निर्बाचित सांसद हुन । यस अघी प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका थिए। तर अन्तिम समयमा शाहलाई धेरैजना आकाक्षीका बीचनै सबैले समर्थन गरेका हुन ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवा आकांक्षी देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0