सितलहर बढेसंगै गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा दाउरा वितरण


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारमा चिसो बढेको भन्दै दाउरा वितरण गरेको छ । बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेको हो ।

शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख विरेन्द्र भट्टले मिडियालाई बताए । उनले चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए ।

नगरप्रमुख भट्टले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै यसैगरी नगरले दाउरा वितरण गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0