एमाले नगरकमिटीले गोदावरी नगरपालिका कार्यालयको मुल गेटमा गरे बिरोध प्रदर्शन


अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटीले गोदावरी नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै बिरोध जनाएको छ । नगरकमिटीले खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी उठाउन थालिएको आरोपमा बिरोध प्रदर्शन गरेको हो ।

नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेत्रित्वमा नगरपालिका पुगेको एमाले नेतातथा कार्यकर्ताहरुको समुहले नगरपालिकाको उक्त कार्य बिरुद्द चर्को नाराबाजी गरेका छन।

उनिहरुले ‘खुटिया काण्ड बन्द गरु, ‘भ्राष्टाचार छानबिन गरु, ‘अनियमितता बन्द गरु, ‘राजस्व चुहावट गर्न पाइदैनु लगाएतका नारा समेत लगाएका थिए । एमालेले नगरपालिकाको उक्त कदम बिरुद्द चरणबद्द आन्दोलन गर्ने समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0