पौष २८ गते सभामुखको निर्वाचन गर्ने सुदूरपश्चिम प्रदेशसभाको निर्णय


धनगढीः सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो पहिलो सुदूरपश्चिम प्रदेशसभा बैठक सोमवार बसेको छ। गत पुस १५ गते सपथ ग्रहण गरेका प्रदेशसभा सदस्यहरू सोमवार पहिलो बैठकमा सहभागी भएका हुन। प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा १० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको अधिवेशनका लागि सुचना गरेका थिए।

प्रदेश सभाको पहिलो बैठकमा बोल्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावले विगतको त्रुटि नदोहोरिने गरी काम गर्नुपर्ने बताए। हरेक दलित जनजाती, पिछडिएको वर्ग, उत्पीडनमा परेको वर्ग लगायतको अधिकारकै लागि संघीयता आए पनि थारू आदिवासीले अधिकार प्राप्त नगरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले गुनासो पोखे।
घटनाका मुख्य योजनाकार बनाएर सरकारले रेशम चौधरीलाई जेलमा हालेर थारू समुदायमाथि थप अन्याय भएको भन्दै बन्दीहरूलाई रिहाइ गर्ने उनले माग गरेका छन्। सुदूरपश्चिम प्रदेशसभाले आगामी २८ गते सभामुखको निर्वाचन गर्ने सर्वसम्मत निर्णय गरेको छ। सभामुखका लागि सत्ता गठबन्धनबाट एमाले, माओवादी र नागरिक उन्मुक्तिबाट दाबी गरिएको छ। केन्द्रको सत्ता बाँडफाँड अनुसार मुख्यमन्त्री माओवादीले पाए एमालेले सभामुख तथा एमालेको भागमा मुख्यमन्त्री परे माओवादीको भागमा सभामुख पर्ने देखिएको छ।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्याकालको पहिलो बैठकमै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले माघदेखि कुनै पनि बैठक चल्न नदिने चेतावनी समेत दिएका छन्। सभामुखको भूमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य मानबहादुर रावलले सोमबार बसेको पहिलो बैठकमा दलका मुख्य नेताको मन्तव्यका लागि विशेष समय छुट्याएका थिए। मन्तव्यका क्रममा नागरिक उन्मुक्तिका सांसद चौधरीले माघभित्रै टीकापुर घटनाका राजबन्दीहरुको निकास ननिकाले त्यसपछि कुनै पनि बैठक अवरुद्ध गर्ने बताएका हुन।

पहिलो बैठकको विशेष समयमा कांग्रेस सांसद शिवराज भट्ट, माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी, राप्रपाकी सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले आफ्ना धारणा राख्दै सुदूरपश्चिमको विकासका लागि सबै दल र सांसदहरु एकजुुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0