सुदूरपश्चिम प्रदेशसभा सदस्यले दिउँसो साढे १ बजे आजै शपथ लिदै


धनगढी : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले शुक्रबार आजै शपथ लिँदैछन् ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ । जस अनुसार सुदूरपश्चिममा ज्येष्ठ सदस्य मानबहादुर रावलले शुक्रबार आज अन्य सदस्यहरुलाई शपथ गराउनेछन् ।

शपथ ग्रहणको कार्यक्रम दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा राखिएको छ ।प्रदेश सभा सदस्यले आफ्नो मातृभाषासहित मौलिक पोसाकमा शपथ ग्रहण गर्न सक्ने छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशसभाका प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि ज्येष्ठ सदस्य मानबहादुर रावलले अरु सदस्यलाई बिहीबार शपथ गराउनेछन् ।
५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना प्रदेशसभा सदस्य छन् ।

यसैबीच सुदूरपश्चिममा निर्वाचित ५३ प्रदेश सभा सदस्यहरूमध्ये नागरिक उन्मुक्ति पार्टीका प्रत्यक्षमा निर्वाचित ५ जना र नेपाली कांग्रेसबाट समानुपातिकमा निर्वाचित गीता चौधरीले आफ्नो मातृ भाषा ९थारु भाषा० मा शपथ ग्रहणका लागि निवेदन आएको प्रदेश सथा सचिवालयले जनाएको छ । अन्य सदस्यहरूले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन्।

सपथ ग्रहण सकिएपछि प्रदेश सभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रमको समेत आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0