प्रचण्ड सरकारमा उपप्रधानमन्त्री तथा गृहमा रवि लामीछानेको दाबी


काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन् ।

सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने सहमति भएको छ ।

स्रोतका अनुसार पौडेल अर्थमन्त्री हुने छन् भने श्रेष्ठ र रवि मध्ये कसले गृह लिने भन्ने टुंगिएको छैन । स्रोतका अनुसार श्रेष्ठले परराष्ट्र लिएर रवि गृहमन्त्री बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0