अत्तरियाका व्यापारीहरुले गरे विरोध प्रर्दशन


अत्तरिया : कैलालीको अत्तरियामा व्यापारीहरुले विरोध प्रर्दशन गरेका छन । अत्तरियामा व्यवसायीमाथीे गोलि प्रहार भएको विरोधमा शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा व्यापारीहरुले विरोध गरेका हुन ।

विरोध जनाउदै व्यापारीहरुले इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गरिएको छ । सुनचाँदी व्यवसायी विकास सुनारमाथि गोली प्रहारका दोसीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा कार्यालय घेराउ गरिएको हो ।

घटना भएको पाँचदिन बितिसक्दा पनि प्रहरीले अझैसम्म केही नगरेको र आश्वासन सम्म नपाएको प्रर्दशनकारीको गुनासो रहेको छ । भने दिन प्रतिदिन यसक्षेत्रमा चोरीका विभिन्न घटनाहरु बढ्दैगएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0