सुदूरपश्‍चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना : मौषम विभाग


अत्तरिया : अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ। आज दिउँसो देशका पहाडि भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0