सुदूरपश्चिम प्रदेश सभा सदस्यले पुस १५ गते शपथ लिदैै


अत्तरिया : सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यको शपथ ग्रहण कार्यक्रमको मिति सारिएको छ । प्रदेश सभा सचिवालयले पुस ११ गते शपथ ग्रहणको तयारी गरे पनि अब पुस १५ गते सो कार्यक्रम गर्ने मिति सारिएको हो । यस अघि तय गरिएको मितिमा प्राविधिक कारणले शपथ ग्रहणको कार्यक्रम नहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

‘अब १५ गते शपथ ग्रहणको कार्यक्रम हुन्छ’, जैशीले भने तयारी भने पूरा भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0