सुदूरपश्चिम महोत्सवमा पुइलेक विमानस्थलबारे जानकारी पत्र वितरण गरियो


धनगढीः सुदूरपश्चिम महोत्सवमा डडेल्धुराको अजयमेरु गाउँपालिका–१ समैजीमा निर्माणको प्रक्रियामा रहेको पुइलेक विमानस्थलबारे जानकारी पत्र वितरण गरिएको छ।
महोत्सवमा २१ हजार बढी जानकारी पत्र वितरण गरिएको हो। महोत्सवमा डडेल्धुरा प्रदेश ९२० बाट निर्वाचित डा। तारा जोशीको सचिवालयको सहयोगमा बोल्यान्या थलीद्वारा जानकारी पत्र वितरण र हस्ताक्षर संकलन गरेको थियो।
एयरपोर्ट निर्माणको चर्चा मात्र हुने गरेको र चर्चा मात्र नहोस्स भन्ने उदेश्यले महोत्सवमा धार्मिक, सांस्कृतिक पहिचान बोकेको पुईलेक एयरपोर्ट निर्माणले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको पर्यटकीय, धार्मिक क्षेत्रको प्रवर्द्धन हुने गरी जानकारी पत्रमार्फत जानकारी गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उक्त अभियानमा पत्र वितरणसंगै हस्ताक्षर संकलन पनि गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0