कञ्चनपुरमा छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ


कञ्चनपुर : कञ्चनपुरमा नाबालिका छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन । आफ्नै १० वर्षीया छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बाबु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार छोरीमाथि जबरजस्ती करणी भएको घरपरिवारबाटै मौखिक उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ ।उनका अनुसार बालिकाको स्वास्थ्य चेकजाँचका साथै ती पुरुषलाई राति नै पक्राउ गरी अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0