टिप्परलाई नियन्त्रणमा नलिएको भन्दै पूर्व–पश्चिम राजमार्ग दुई ठाउँमा बन्द


अत्तरिया : कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो। स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका हुन भने हरैयामा दुर्घटनापछि राजमार्ग बन्द गरिएको हो।

नगरपालिकाको वडा नम्बर ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0