धनगढी ९ शिवरामनगर टोलमा पनि गोली चल्यो, एक जना घाइते


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका ९ मा गोली चलेको छ। उपमहानगरपालिका वडा नम्बर ९ शिवरामनगर टोलमा आज बिहान २ः४५ मा गोली चलेको हो। स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन्।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन्। विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए। चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर एक जना घाइते भएको बताए।

यसअघि आइतबार साँझ कैलालीको अत्तरियामा गोली चलेको थियो । पूर्वरोड वनखेतमा सुन व्यवसायी घोडाघोडी सुनचाँदी पसलका सञ्चालक विकास सुनारमाथि गोली प्रहार भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0