गोदावरी नगरपालिकाले नदिजन्य पदार्थ आफैं उठाउदै


अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले खुटिया, गोदावरी र खैराना खोलाबाट नदि जन्य पदार्थ आफैं उठाउने भएको छ । नगरपालिकाले भोलि देखि नदिजन्य पदार्थ उठाउन सार्बजनिक सूचना मार्फत अनुरोध गरेको छ ।

यस अघि ६ पटक सम्म नगरपालिकाले टेन्डर आह्वान गरेको थियो । तर ५ पटक सम्म कसैले टेन्डर हालेका थिएनन् । छैटौं पटक धनगढी को बालाजी कन्स्ट्रक्सनले ४ करोड ५ हजार मा टेन्डर हालेको भएपनी उसले बैंक धरौटी बुझाउन नसक्दा टेन्डर पाएन ।

अब नगरपालिका आफैले नदिजन्य पदार्थ उठाउने गोदावरी नगरपालिकाका प्रसाशकिय अधिकृत शिबराज भाटले बताएका छन । ूअब हामी आफैले उठाउने भएका छौँ । यद्यपि ७ दिने सुचना पनि जारी गरेका छौ, यो बिचमा कसैले टेन्डर हाले पुन ः ठेकेदार कम्पनीले नै उठाउने छ । अहिले टेन्डर नहुन्जेल नगरपालिका आफैंले उठाउने छ ू भाटले भने ।

समयमै ठेक्का नलाग्दा गोदावरी नगरपालिका ले ३ महिनाको राजस्व भने गुमाएको छ । ठेक्का नलाग्दा खुटिया लगाएतका नदिहरुबाट चोरी मार्फत नदिजन्य पदार्थ भने निकासी भैरहेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0