आज धनगढीमा ‘नेपथ्य’ को भव्य प्रस्तुती हुँदै


धनगढी । नेपाली साँगीतिक क्षेत्रमा स्थापित भएको ‘नेपथ्य’ ब्याण्डले आज धनगढीमा लाइभ कन्सर्ट गदैँ छ। धनगढीको रंगशालामा पुस ३ गते अर्थात आइतबार दिउँसो ४ बजेदेखि ‘नेपथ्य’ ब्याण्डले आफ्नो भव्य प्रस्तुती दिन लागेको हो।

विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगञ्जमा हजारौं दर्शकका बीच ‘नेपथ्य’ब्याण्डले आफ्नो भव्य साँगीतिक प्रस्तुती गरिसकेको छ । सहयोगापेक्षी सडक आश्रितहरुको उद्दार गर्दै आइरहेको मानसेवा आश्रमले ‘नेपथ्य’ब्याण्डसँगको सहकार्यमा साँगीतिक कार्यक्रम गर्न लागेको हो। विराटनगरबाट सुरु भएको नेपथ्यको यो यात्रा एक महिनासम्म चल्नेछ ।

मानसेवा आश्रमले आफ्नो निर्माणाधीन भवनको निर्माण कार्यलाई अघि बढाउनका लागि सहयोग स्वरुप साँगीतिक कार्यक्रम गर्न लागेको मानसेवा आश्रम धनगढीका संयोजक आदर्श ढकालले बताए।‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम धनगढीका लागि महत्वपूर्ण छ,’ कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’ उनले भने ।
नेपाललाई विक्रम संम्वत् २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ।मानवसेवा आश्रमले शनिबार धनगढी, चटकपुर ४ को शहिदगेट नजिकै ‘सौंराइ बैंकेट एण्ड इभेन्ट्स’ मा बिहान ११ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई स्वागत तथा चियापान आयोजना गरेको थियो ।

कन्सर्टमा सहभागी हुन सर्वसाधारणलाई १ हजार र विद्यार्थीलाई ५ सय रुपैँया शुल्क तोकिएको मानव सेवा आश्रमका सदस्य नवराज केसी बताए । मानव सेवा आश्रमको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मामा आफ्नै ३ वटा भवनहरु निर्माण भइरहेका छन् ।मानसिक रुपमा अशक्त, घरबार बिहिन भएका र अपांगता भएका मानिसहरुलाई आश्रय दिने काम मानव सेवा आश्रमले गर्दै आईरहेको छ । हाल उक्त आश्रममा ५५ जना मानिसहरु आश्रित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0