कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग बन्द


कञ्चनपुर : कञ्चनपुरमा बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट बेदकोट नगरपालिका ६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन। प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत थिए। घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका हुन्। घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व-पश्चिम राजमार्ग बन्द गराएका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ। रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0