धरानका मेयर हर्क साम्पाङले किन मागे ३ जनप्रतिनिधिको राजिनामा ?


धरान : मेयर हर्क साम्पाङले आफूले भनेको नमान्ने कार्यपालिका सदस्यहरूलाई राजीनामा दिन आग्रह गरेका छन् ।

आज पत्रकार सम्मेलन गर्दै साम्पाङले भनेको नमान्ने भए राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका हुन् ।

सदस्यहरूले लगातार कार्यपालिका बैठक बहिस्कार गरेपछि साम्पाङले पत्रकार सम्मेलन गरेर उनीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् । धरान उपमहानगरका ३ जना कार्यपालिका सदस्यले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अभिव्यक्तिले दलित समुदायको मौलिक हक र अधिकार नै कुण्ठित पार्ने मनसाय भएको बताएका छन ।

साम्पाङले दलित समुदायमाथि दुव्र्यवहार भएको भन्दै कानुन अनुसारको कारबाही गर्न उनीहरुले माग गरेका छन् ।

मेयर साम्पाङले ‘मङ्सिर २७ गते आफ्नो फेसबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘जोडी खोज्नेहरूको बास उठ्न सक्छ । बल होइन बुद्धि लगा चमारे बुद्धि ।’ भनेपछि साम्पाङ थप विवादमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0