डडेल्धुरामा लागुऔषधसहित एक जना पक्राउ


डडेल्धुरा : प्रहरीले लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ) सहित डडेल्धुरामा एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका १ ढुन्ढुनेका ५८ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

शनिबार बेलुकी जिल्लाको अमरगढी नगरपालिका १ ढुन्ढुनेस्थित कैलपाल किराना तथा चिया पसलमा लागुऔषध (चरेश) रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पसल तथा घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। उनको साथबाट लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ) ६.५४० किलोग्राम बरामद गरिएको छ।

डीएसपी भट्टका अनुसार ऐरलाई हिरासतमा राखिएको छ भने आइतबार जिल्ला अदालत डडेल्धुरामा पेश गरिने छ। लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम १ वर्षदेखि ३ वर्षसम्म कैद सजाय र ५ हजार देखि २५ हजार सम्म
जरिमाना हुने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0