प्रतिनिधी सभामा समानुपातिकमा कुन दलले कति मत ल्याए ?


काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रनिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रतिनिधि सभातर्फ १ सय ६५ क्षेत्र मध्ये १६४ सिटको नतिजा आइसकेको छ ।
समानुपातिक तर्फ १ करोड ४ लाख २० हजार १२५ मतमा एमालेले सबैभन्दा धेरै नेकपा एमालेले मत पाएको छ । पहिलो स्थानमा रहेको एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै , नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५४३ ले मत ल्याएर तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत सहित चौथौं स्थानमा बस्न सफल भएको छ ।

राप्रपाले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी नेपाललले ४ लाख २० हजार ९४६, जनमत पार्टीले ३ लाख ९४ हजार ५२३, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९४ हजार ३६२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २८१, नेमकिपाले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१८ मत प्राप्त गरेको छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0