सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आजदेखि खुल्ला


धनगढी :आइतबारदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेको छ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन स् सुचारु भएको जानकारी दिएको हो।

गएको आइतबार मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १ बाट अनलाइन आवेदन बन्द गरेको थियो। अब भने सर्वसाधारणहरूले चालक अनुमतिपत्रको लागि आवेदन दिन सक्ने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0