अमरगढीका स्थानीयले गरे स्वतन्त्र उम्मेदवार जोशीलाई नगद एक लाख ३९ हजार सहयोग


डडेल्धुराः प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै छ। डडेल्धुराको अमरगढी नगरपालिका–६ छचोडाका स्थानीयलाई एउटै चिन्ता छ, फेरि पनि भोट बिक्रि गर्यो भन्ने आरोप लाग्छकी ।

जब जब निर्वाचन आउँछ, तब यहाँका स्थानीयलाई भोट बिक्रि गरेको आरोप लाग्दै आएको छ। त्यो आरोप चिर्न यसपटक यहाँका स्थानीयले निर्वाचनमा होमिएका उम्मेदवारलाई आर्थिक सहयोग गरेका छन्।

बुधबार छचोडा गाउँ पुगेका डडेल्धुरा प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीलाई उनीहरूले एक लाख ३९ हजार आर्थिक संकलन गरेर दिएका हुन्। उनीहरूले गाउँमा पुगेका जोशीलाई आर्थिक सहयोग मात्रै गरेनन् फूलमालाले स्वागत समेत गरे।

छचोडा बासीले निर्वाचनको समयमा भोट बिक्रि गर्छन् भन्ने आरोप लाग्दै आएकोले त्यसलाई चिर्न आफूहरूले आर्थिक सहयोग गरेको स्थानीय धर्म ताम्राकारले बताए।

‘हामीलाई जहिले पनि पैसा मात्रै खान्छन् भन्ने आरोप लाग्छ। तर, हामीले अहिलेसम्म कसैको एक रूपैयाँ समेत खाएका छैनौं,’ उनले भने, ‘काँग्रेसले ल्याउँछन्, बाँड्छन्, खान्छन्, त्यो सत्य हो, तर हामीले एक पैसा पनि खाएका छैनौं।’

उनले भोट बिक्रि हुन्छ भन्ने ट्याग कहिले नलागोस् भनेर आर्थिक सहयोग गरेको बताए। गरिव परिवारका जोशी उम्मेदवार बनेकोले उनलाई आर्थिक भार नपरोस् भनेर पैसा संकलन गरेको अर्को स्थानीय दिपेन्द्र ताम्राकारले बताए।

‘हामीले एक जनालाई मात्रै पठायौं, न निकास पायौं, न विकास पायौं। यसपटक बौद्धिक व्यक्तित्व उहाँ ९तारा जोशी० उठ्नु भएको छ,’ उनले भने, ‘गाउँको ठाउँको विकासका लागि उहाँले काम गर्न सक्नुहुन्छ। र, उहाँको आर्थिक स्थिति कमजोर भएकोले सहयोग गरेका हौं।’

अहिलेसम्मका नेताले आस्वासन मात्रै दिएर केही नगरेको गोविन्दा ताम्राकारले बताइन्। उनले भनिन्, ‘३१ वर्षसम्म जिताएका मान्छेले केही पनि गरेनन्। गरिव परिवारको छोराले उम्मेदवारी दिएको छ। गरिवले मात्रै गरिबका दुख देख्छ भनेर उहाँलाई हामीले जिताउने अठोट गरेका छौं।’

जोशीसँगै नेपाली काँग्रेस विपीका कार्यकर्ता पनि छचोडा पुगेका थिए। डडेल्धुरामा नेपाली काँग्रेस विपी र स्वतन्त्र उम्मेदवार जोशीले तालमेल गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0