प्लास्टिक मुक्त धनगढी अभियानलाई सघाउन अमेरीकी नागरिक धनगढीमा


धनगढीः अमेरीकाका जुलियन ब्लिस धनगढी आएका छन्। प्लास्टिक मुक्त धनगढी अभियानलाई सहयोग गर्न ब्लिस धनगढी आएका हुन्।

वल्ड गार्डीयनका संस्थापक अध्यक्ष रहेका उनी धनगढीलाई प्लास्टिक मुक्त अभियानलाई सहयोग गर्ने भन्दै धनगढीका विद्यालयहरुमा क्लब गठन गर्दैछन्। उनले प्लास्टिक जन्य फोहोर खाल्डोमा गाड्न उपयुक्त हुने बताएका छन्। विद्यार्थी तथा युवाहरुलाई प्लास्टिक र प्लासिटक जन्य फोहोरको व्यवस्थापनका उपायाहरुका बारेमा उनले जनचेतना फैलाउदै आएका छन्। उनले धनगढीको एक्सिस विद्याआश्रम, ग्यालेक्सी माध्यामिक विद्यालयलगाएतका विद्यालयहरुमा क्लब गठन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0