एमाले अध्यक्ष ओली कार्तिक २६ गते अत्तरियामा आउदै


अत्तरिया – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक २६ गते कैलालीको अत्तरियामा आउने भएका छन । बिहिबार कैलाली क्षेत्र नम्बर ४ ले अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै चुनावी आमसभालाई सम्बोधन गर्न ओली अत्तरियामा आउन लागिएको जानकारी दिइएको छ ।

पत्रकार सम्मेलमा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्म राज पाठकले सोही दिन ओलीले डोटीको दीपायल, कैलालीको लम्की र अत्तरियामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने बताए । उनले आमसभाको तयारीका लागि यस क्षेत्रमा चुनावी कमाण्ड समालिरहेको निर्वाचन परिचालन समितिले बैठक बसेर बिभिन्न उपसमिति गठन गरिरहेको बताए ।

‘अत्तरियामा हुने चुनावी सभामा कैलाली क्षेत्र नम्बर ५, कञ्चनपुर क्षेत्र नम्बर १ र २ बाट समेत आम जनसमुदायलाई सहभागि गराइने छ’ उनले भने ‘यो निर्वाचन क्षेत्र पार्टीका इन्चार्जको क्षेत्र पनि भएकाले यो पार्टीको इज्जत संग पनि जोडिएको छ ।

यसलाई हामीले विशेष ढंगले लिएका छौ ।’ उनले कैलाली क्षेत्र नम्बर ४ प्रदशकै केन्द्रमा पनि भएकाले यहाँबाट प्रदेश भरी नै सन्देश प्रभाव गर्न अत्तरियामा आमसभा गर्न लागिएको बताए । उनले अध्यक्ष ओलीको व्यस्तताका बीच दोस्रो पटक सुदूरपश्चिममा ल्याउन लागिएको बताए ।

यसअघि ओलीले कार्तिक १८ गते सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा चुनावी आमसभालाई सम्बोधन गरिसकेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0