डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा आज ‘देहिजाँत’


डडेल्धुरा: डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज मेला लागेको छ । स्थानीय भाषामा ‘देहिजाँत’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा मेला लाग्छ । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्दछ । हिजो राति ‘रतेडी’ रआज दिउँसो ‘दिउसेडी’ जात हुनेभएकोछ । हिजो रातिदेखि सुरु भएको मेला आजा दिनभरी लाग्ने गर्दछ ।

उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महाकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजाआराधना गर्न आउँछन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साँकी जातीका किसानले हलो जोत्दा शिलामा हलो अड्किएर रगत निस्किएको थियो । सो रगतलाई आफूले खानाको रूपमा खान ल्याएको खिचडीले टालेर रोकिएपछि देवी उत्पन्न भई दर्शन दिएको र स्थापना गरिएको विश्वासमा त्यसबेलादेखि कार्तिक शुक्ल पूर्णिमाका दिन पूजा र मेला लाग्ने परम्परा रहेको छ ।

देहिजाँतको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्यहरू, इष्टमित्र, साथी संगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न सकिन्छ । तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन । वर्षमा एक पटक भव्यरूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवी प्रकोप नहुने, सुख प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0