युवा नेता प्रेमराज भट्टले गरे छोराको जन्मदिनमा दृष्टि फाउण्डेसनलाई ५० हजार सहयोग


अत्तरिया : नेपाली कांग्रेस कैलालीका जिल्ला सदस्य एवं युवा व्यवसायी प्रेमराज भट्टले आफ्ना छोराको जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

भट्टले छोरा प्रितम भट्टको पहिलो जन्मदिनको अवसरमा धनगढीस्थित दृष्टि फाउण्डेसनलाई ५० हजार सहयोग गरेका हुन्। उनले जन्मदिनको अवसरमा अन्य फजुल खर्च गर्दा भन्दा साहारा विहिन, सुस्तमनस्थिति भएका, महिला, बालबालिकाले आश्रय लिएको फाउण्डेसनलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0