चुनाव प्रचार प्रसारमा रोक लगाएका छैनौ : डडेल्धुरा प्रशासन


डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुरा चुनाव प्रचारप्रसारमा रोक नलगाएको जनाएको छ । सोमबार साझ डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले सामाजिक संजालमा आफूलाई प्रशासनले चुनाव प्रचारप्रसार रोक लगाएको बताएपछि प्रशासनले एक विज्ञप्ती निकाल्दै चुनाव प्रचार रोक नलगाएको जनाएको छ ।

मिडियामा प्रहरी प्रशासनले चुनाव प्रचारप्रसारमा रोक लगाएको भन्ने समाचारप्रती गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् ढकालले लेखेका छन्, ‘मलाई जोगाइदिनुस्– जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलाइ रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0