मलाई प्रचार गर्न समेत रोक लगाईयो : सागर ढकाल


डडेलधुरा : डडेल्धुरामा संघ तर्फ एक मात्र सिट रहेको छ । एक सिटका लागि शेर बहादुर देउवा, कर्ण मल्ल , सागर ढकाल लगायत ८ जना प्रतिसपर्धामा रहेका छन् ।
चुनाव नजिकिए संगै प्रचारप्रसारमा सबै उमेदवारले जोड दिएका छन् । यस्तै आज डडेल्धुरा जिल्ला सदरमुकाममा प्रचार (माईकिङ) गर्दै गर्दा तुफनडाडामा उनी र उनको टिमलाई रोक्ने प्रयास गरिएको छ ।
ढकालको प्रचार गर्ने भनेर हिजो मात्र ६ जनाको टिम डडेल्धुरामा पुगेको थियो । ढकाल स्वतन्त्र उमेदवार हुन । ढकालले फेसवुक वालमा लेखेका छन ,मलाई जोगाइदिनुस् – जनता गुहार्नु बाहेक केही बाँकि रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन। मलार्इ रोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0