विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहले गरे विद्यालय प्रशासनमा कडाई ,समयमा नआएका शिक्षक र विद्यार्थीलाई राखे गेट बाहिर


अत्तरिया : विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालय प्रशासनमा कडाई गरेकाछन । विद्यालय समयमा नआउने र सो समय भन्दा ढिला आउने शिक्षक र विद्यार्थीहरुलाई गेट बाहिर राखिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षक र सोही विद्यालयका ढलो आउने विद्यार्थीहरुलाई गेट बाहिर राखिएको हो ।

तोकिएको समय भन्दा ढिला पुगेका शिक्षक र विद्यार्थीहरुलाई केही समय सम्मका लागी गेट बाहिर राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन । शाहले नमुना विद्यालयमा व्यवस्थापकिय कमजोरी हटाउन विभिन्न प्रयासहरु चालिरहेको र त्यसको सुरुवात भैसकेको बताए । उनले विद्यार्थी र शिक्षकहरुलाइ समयमै विद्यालयभित्र प्रवेश गरिसक्ने बानीको विकाश गर्न आवश्यक रहेको र त्यसका लागी नियम अटेरी गर्नेलाई कारबाहीको प्रकृया थालिएको बताए ।

नगरप्रमुख विरेन्द्र भट्ट र विद्यालयका अध्यक्ष शाह लगायतको टोलीले विद्यालयको अनुगमन गरेको थियो । नगरक्षेत्रमै नमुनाको रुपमा चिनिएको दुर्गालक्ष्मीको वास्तवकता, शिक्षक र विद्यार्थीहरुमा अनुशासनको अवस्था तथा स्वास्थ्य र सरसफाईको अवस्थाका बारेमा जानकारी लिन विद्यालयको अनुगमन गरिएको नगरप्रमुख भट्टले संचारकर्मिलाई बताएका हुन ।

उनले अनुगमनका क्रममा विद्यालयका शौचालयहरु दुर्गन्धित देखिएको र त्यसको व्यवस्थापनका लागी विद्यालय प्रशासनलाई निर्देशन दिएको बताए । ‘अनुगमनका क्रममा विद्यालयमा व्यवस्थापकीय कमजोरी बढी देखियो’ उनले भने ‘विद्यालयका शौचालयहरुको अवस्था नाजुक छ, विद्यार्थीहरुमा अनुशासनको पनि कमी देखियो ।’
उनले विद्यालय प्रशासनको कमजोरी कै कारण नमुना विद्यालय भएपनि पछिल्लो समय दुर्गालक्ष्मीको अवस्था विग्रिदै गएको बताए । उनले विद्यालयलाई नमुना बनाउन अवदेखी समय समयमा अनुगमन हुने र फेरिपनि अटेरी गरे आवश्यक कार्बाहीको प्रकृया अगाढी बढाईने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0