बैतडीको मैलौलीमा जात्रासुरु, नगरपालिकाले दियो दुई दिन सार्वजनिक बिदा


बैतडी : जिल्लाको प्रसिद्ध मेलौली भगवती मन्दिरमा सोमबारदेखि भव्य जात्रा लाग्दैछ। मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएको हो।

मेलाको अवसर पारेर मेलौली नगरपालिकाले सोमबार र मंगलबार दुई दिन सार्वजनिक बिदा समेत दिएको छ। मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले कार्तिक सोमबार र मंगलबारका दिन नगरभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बित्तीय संस्थाहरुमा सार्वजनिक बिदा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए।

मेलौली भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशु बलि सहित जात्रा हुने गरेको छ स्थानीयले ठुलो पर्वका रुपमा मान्ने उक्त जात्रामा सुदूरपश्चिमका साथै भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।तिहारसकिएसंगै सुदूरपहाडका जिल्लामा जात्राको रौनक छाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0