कांग्रेस डडेल्धुराका २ पूर्व पार्टी सभापतिले कर्णमल्ल र डा.तारा जोशीलाई गरे समर्थन


डडेल्धुराः नेपाली कांग्रेस डडेल्धुराका दुई पूर्व जिल्ला पार्टी सभापतिले आसन्न निर्वाचनमा नेपाली कांग्रेस बीपी र स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।

बिहीबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पूर्व सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले बीपीका प्रतिनिधिसभा उम्मेदवार कर्णबहादुर मल्ल र प्रदेशसभा २ का स्वतन्त्र उम्मेदवार डा। तारा जोशीलाई समर्थन गर्ने जानकारी गराएका हुन्।

मंसिर ४ गते हुने निर्वाचनमा डडेल्धुरामा कांग्रेस र शेरबहादुर देउवाका नामबाट केही सीमित व्यक्तिहरूले आमजनतामाथि जनताकै मत प्राप्त गरी गर्ने अन्याय, अत्याचार शोषण र दमनबाट मुक्ति दिलाउन मल्ल र जोशीलाई समर्थन गरेको पूर्व सभापति चटौतले बताए। ढाँट र चटौतले जिल्लासाबीमा करुवा र लालटिन चुनाव चिह्नमा मतदान गर्न पनि आग्रह गरे।

ढाँट र चटौतको प्रेस विज्ञप्ति यस्तो रहेकोछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0