आफ्नै गृहजिल्ला जान प्रधानमन्त्री देउवा लाई आयोगले दियो शर्तसहित अनुमति


डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचन क्षेत्र तथा गृहजिल्ला डडेल्धुरा आउन निर्वाचन आयोगले अनुमति दिएको छ। सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति दिइएको आयोग स्रोतले जनाएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा आउन अनुमति मागेको थियो। तर, आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन। तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा आउन अनुमति मागेपछि स्वीकृति दिएको आयोगको भनाइ छ। स्वीकृति पत्र पठाउने प्रक्रिया जारी रहेको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0