गोदावरीको बास्कोटामा हात्तीको बथान देखियो


अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा हात्तीको एक समुहले आंतक मच्चाएको छ । गोदावरी – ४ बास्कोटाको उत्तर तर्फ रहेको जंगलमा शुक्रबार राती आएका झन्डै ९-१० हात्तीले स्थानीय को अन्नबाली समेत केही ठाउँमा नष्ट गरेको छ । रातीको समयमा हात्ती आएको खबर थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

राती नै स्थानीय र प्रहरीले हात्तीलाई धपाएका हुन । निकै लामो समयपछि हात्ती उक्त ठाउँमा देखिएको स्थानीयले बताएका छन् । हात्ती पुर्बबाट पश्चिम तिर आएका र फेरि तेघरी तिर लागेको उनिहरु को भनाई छ । ईलाका प्रहरी कार्यालय मालाखेती का अनुसार केही दिन यता उक्त क्षेत्रमा निरन्तर हात्तिको बथान देखिरहेकाले प्रहरीले सकृयता बढाएको छ । हात्तीको बथान देखिना साथ प्रहरीलाई खबर गर्न भनिएको ईलाका प्रहरी कार्यालय मालाखेती का डिएसपी रबिन्द्रराज पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0