संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनलाई जिताउन जरुरी छ : प्रधानमन्त्री देउवा


धनगढी: आज धनगढी पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा राखेको बताए ।

आज धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन् । यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताउनु भएको छ ।

देश चुनावपछि कता जाने रु भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनले जिकिर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0