बलायरलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


अत्तरिया : निर्वाचन आयोगले कैलाली क्षेत्र नम्बर ४ प्रतिनिधि सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको र आयोगमाथि लाञ्छना लगाएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।

बलायरले बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा आयोग र आयोगका पदाधिकारीमाथि लाञ्छनापूर्ण अभिव्यक्ति दिएको भन्दै आयोगले शुक्रबार उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘तपाईँले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीबार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरू उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईँले उक्त अभिव्यक्ति दिनुभएको होइन भन्ने आधार र प्रमाण के छ ?,’ आयोगले बलायरलाई सोधेको छ ।

उनलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्पष्टीकरण पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0