थारुको पहिचान ढकिया बोकेर गोदावरी ६ बँडेहाका भट्ट उत्रे चुनाबी मैदानमा


अत्तरिया  :कैलाली  ४ प्रदेश ‘ख’ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवारमा कमलराज भट्ट चुनाबी मैदानमा छन ।

४० बर्षिया भट्टले पुराना पार्टी एमाले कांग्रेस नरोजेर नयाँ पार्टी रोजेका छन्। थारु आन्दोलनबाट जन्मिएको उक्त पार्टीबाट कैलाली कन्चनपुरमा थोरै मात्रै पहाडी सामुदायका उम्मेदवार छन् । जसमध्ये भट्ट पनि हुन ।

जेलमा आजिबन काराबासको सजाए भोगिरहेका रेशम चौधरीकी श्रीमती रन्जिता चौधरी अध्यक्ष रहेको उन्मुक्ती पार्टीबाट भट्ट प्रदेश सभाका उम्मेदवार बनेका छन् । भट्टले आफु सँग ठुलो आत्मबल रहेकाले चुनावमा जित्ने दाबी गर्दैआएका छन ।

उनले भने ‘अन्य सबै पार्टीका काम जनताले देखी नै सकेका छन् । त्यसैले यो पटक यँहाका आम मतदाताले ढकिया मा नै भोट हाल्नेछन। मैले त्यही अनुसार नै प्रचार गरीरहेको छु।’ उनले यो प्रदेशका थारु पहाडी सबैले आफुलाई भोट हाली निर्वाचित गराउने वताए ।

‘राज्यको विभेदपूर्ण नीति विरुद्ध,अधिकार,समाजिक न्याय, र आत्मसम्मान को लागि भएको थारु आन्दोलन बाट निर्मित दल भएता पनि सबै वर्ग,लिंग,जात,समुदाय को प्रतिनिधित्व रहेको नागरिक उन्मुक्ति पार्टीले भ्रष्टाचारमा शुन्य सहनशीलता,समुदायमा रहेका सबैलाई समान अवसर दिने, रोजगार,शिक्षा, स्वास्थ्य को मूद्दालाई मुख्यरुपमा निर्वाचन अगाडि बढाउने कार्यदिशा लिएको देखेर मैले नागरिक उन्मुक्ति पार्टी रोजेको हुँं,’उनले भने ।

भट्ट २०७४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा गोदावरी(६ को नेपाली काँग्रेसको तर्फबाट युवा संयोजक भएर सक्रिय थिए । कांग्रेसमा राजनीतिक भागबण्डा,राजनीतिकरुपमा अघि बढ्न गुटको पुच्छर हुनुपर्ने,समावेशीताका नाममा पहुँच भएकालाई प्रतिनिधित्व गराइने प्रवृत्ति,युवालाई केवल निर्वाचन र महाअधिवेशनमा परिचालन गर्ने,जनताका आधारभूत समस्याहरु स्वास्थ,शिक्षा,स्वच्छ खानेपानी,रोजगार प्रतिको बेवास्ताले गर्दा आफुले कांग्रेस छोडेको उनको भनाई छ ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका भट्ट भारतीय फिल्म तथा टेलिभिजन संस्थान पुणेबाट अभिनयको तालिम पनि लिएका थिए । उनले लगभग १० वर्ष नेपाली फिल्मक्षेत्रमा अभिनय,निर्देशन सहयोगी,निर्माता,चलचित्र लेखन तथा निर्देशनको भूमिकामा काम पनि गरे । त्यो पेशा अहिले सम्म पनि उनको निरन्तर नै छ।

२०७० सालमा जोशीपुर मुक्त कमैया शिविरमा रहेको विद्यालय भवनमा निर्माणमा समन्वयकर्ता,रेखदेख,श्रोत जुटाउने भूमिका निर्वाह समेत भट्टले गरेका हुँं । भट्टले २०७२ सालमा आएको महाभूकम्पमा नेपाल युवा संजाल९ब्थयल० सँग स्वयंसेवकमा रुपमा जोडिएर युवाद्वारा संचालित नेपालकै ठूलो राहत वितरण कार्यक्रममा राहत संयोजन,पीडितहरुको वर्गीकरण गरि छिटो छरितो राहत पुर्‍याउने र राहतको श्रोत जुटाउने जस्ता नेतृत्वदाइ भूमिका पनि खेलेका थिए ।

त्यस्तै २०७२को असारमा पुनर्निर्माण अभियान नेपालको राष्ट्रिय निर्देशक भएर,सिन्धुपाल्चोकको साविक सिपापोखरेमा सबै राजनीतिक दललाई एकैठाउँमा ल्याएर,जनतालाई प्रत्यक्षरुपमा ७५० संक्रमणकालीन घर बनाउने अभियानको नेतृत्व समेत भट्टले गरेका थिए।

भट्टको परिवार २०२१ सालमा डोटीको सिलगाँउबाट बसाइँसराइ गरेर गोदावरीको वडा न ९ बल्मीमा आएको हो । अहिले भट्ट गोदावरी ६ बँडेहाका स्थायी बासिन्दा रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1