शेरबहादुर देउवालाई निर्वाचनमा असहयोग गरेको भन्दै आफ्नै नेतामाथि कारवाही गर्दै माधव नेपाल


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमाले विभाजन गरेर छुट्टै पार्टी नेकपा एकीकृत समाजवादी (एस) खोलेका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई निर्वाचनमा असहयोग गरेको भन्दै आफ्नै नेता, कार्यकर्तामाथि कारवाही गर्नथालेका छन् ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डडेल्धुरा जिल्लामा शेरबहादुर देउवालाई जोगाउन एस पार्टीले आफ्नै नेता, कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएको छ । एसले डडेल्धुराको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र (२) मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा (एस)का केन्द्रीय कमिटी सदस्य डा. ताराप्रसाद जोशीलाई २४ घण्टाभित्र उम्मेदवारी त्याग्न निर्देशन दिएको छ । तर जोशी कुनै पनि हालतमा उम्मेदवारी नछाड्ने र चुनाव लडेरै छाड्ने मनस्थितिमा छन् ।

एसका महासचिव डा। बेदुराम भुसालले उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उमेदवारलाई समर्थन गर्न जोशीलाई निर्देशन दिएका छन् । पार्टीले डडेल्धुरा जिल्ला कमिटीका अध्यक्ष कविन्द्र विष्टलाई पनि देउवाको प्रचारमा लाग्न निर्देशन दिएको छ ।

पार्टी निर्देशनको पालना नभए दुवै जना स्वतः पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त हुने माहासचिव भुसालले जनाएका छन् । डा। जोशीले सिट बाँडफाँटका क्रममा प्रदेशसभा सिट आफूलाई दिन लबिङ गरेका थिए तर गठबन्धनले भाग नदिई र आफुमाथी पार्टी नेतृत्वले अन्यायगरेपश्चात उनले स्वतन्त्र उम्मेदवार बनेको बताएकाछन । जोशी स्थानीय स्तरमा लोकप्रिय नेता मानिन्छन् ।

प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जोशीले प्रतिनिधिसभा सदस्यमा देउवाविरुद्ध उम्मेदवारी दिएका बीपी कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्लसँग तालमेल गरेका छन् । जोशीले मल्लसँग मिलेर चुनाव लड्दा देउवालाई अप्ठ्यारो पर्ने देखिएपछि नेकपा एस आफ्नै नेता, कार्यकर्तालाई कारवाही गर्ने तहसम्म पुगेको छ । नेकपा एसका उम्मेदवारले अन्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0