धनगढीका १६ वर्षीय सोहनले बनाए इलेक्ट्रोनिक मोटरसाइकल


धनगढीः धनगढीका एक किशोरले इलेक्ट्रोनिक मोटरसाइकलको आविष्कार गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नं ५ जाइका १६ वर्षीय सोहन कैनीले इलेक्ट्रोनिक मोटरसाइकलको आविष्कार गरेका हुन्।

ऐश्वर्य विद्या निकेतनमा कक्षा ११ मा अध्ययनरत उनले डेढ लाखको लागतमा दुई महिना लगाएर मोटरसाइकल निर्माण गरेको बताए। उनले बनाएको मोटरसाइकललाई चलाउनका लागि फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने बताइएको छ।

उनका अनुसार मोटरसाइकलमा १ देखि १२७ फिङ्गरप्रिन्ट एड गर्न सकिने छ। यो मोटरसाइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री जडान गरिएका छन्। जसका कारणले एकपटक ब्याट्री चार्ज गरेपछि ५५ किलोमिटर परआवर ६० देुखि ७० किलोमिटरसम्म चल्नेछ।

मोटरसाइकलको क्षमता ४८ भोल्ड १ हजार १ सय १ रहेको छ। सोमबार सो मोटसाइलकलाई धनगढी उपमहानगरपालिकाको कार्यालयमा प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा मेयर गोपाल हमालले मोटरसाइकलका आविष्कारक सोहनलाई सहयोग गर्ने बताएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0