एमाले कैलाली ४ को अत्तरियामा निर्बाचन केन्द्रित सचिबालय स्थापना


अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कैलाली (४ मा निर्वाचन परिचालन समितिको सचिबालय स्थापना गरेको छ । अत्तरियाको महेन्द्रनगर रोडमा सचिबालयको स्थापना गरिएको हो ।

सचिबालयको एमाले कैलाली -४ का प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले उदघाटन गरेका थिए । एमालेले केन्द्रिय सल्लाहकार सदस्य डिल्लीराज भट्टको संयोजकत्वमा १००१ सदस्यीय निर्बाचन मुल परिचालन समिती बनाएको बताएको छ ।

आजदेखि सोही सचिबालयबाट एमालेले आफ्ना निर्बाचन लक्षित कार्यक्रमहरु गर्ने जनाएको छ । कार्यक्रममा कैलाली निर्बाचन क्षेत्र नम्बर ४ ‘ख’ का उम्मेदवार हरि सिं साउँद , प्रदेश सांसद कृष्णराज सुबेदी, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु लगाएत एमाले नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0