गोदावरी तरुण दलको शुभकामना संगै प्रचार प्रसार कार्यक्रम सम्पन्न


अत्तरिया : नेपाल तरुण दल गोदावरी नगरसमितीले दिपावली छठ पर्वको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

अत्तरियाको नमस्ते होटेलको सभाहलमा आईतवार बिहान कार्यक्रम गरेको छ । तरुण दलका सभापती शंकर खडकाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सत्ता गठबन्धनको तर्फ बाट कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभाका उम्मेदवार वीर बहादुर बलाएर, प्रदेश ुखु का उम्मेदवार प्रकाश बम, समानुपातिक उम्मेदवार तुलसी देबकोटा लगाएतको उपस्थिती रहेको थियो । शुभकामना सँगै सत्तागठबन्धनका उम्मेदवारहरु को प्रचार प्रसार कार्यक्रम समेत गरिएको तरुण दल गोदावरी नगरसमितीले बताएको छ । कार्यक्रममा गठबन्धन भित्रका दलहरुका नेताहरुको पनि सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0