सुदूरपश्चिममा राष्ट्रिय गौरबका योजना आफ्नै पहलमा गरियो : एमाले सचिव भट्ट


अत्तरिया : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिममा सन्चालनमा रहेका गौरवका योजना आफ्नै पहलमा सुरु भएका बताएका छन । निर्वाचन क्षेत्र नम्वर ४ (क) स्थित गौरिगगा नगरपालिका वडा नम्वर १ को मंगलपुरमा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उहाले सो बताएका हुन ।

सरकारले सुदूरपश्चिममा देखाउनकै लागि ठुला ठुला योजना घोषणा गर्ने तर कार्यान्वयन नरेको बताउदै उनले आफुले मन्त्री बनी सकेपछि कार्यान्वयमा ल्याएको बताए ।

भट्टले गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाहा, दैजिछेला औधोगिक क्षेत्र, हरैया विशेष आर्थीक क्षेत्र, धनगढी अत्तरीया औधोगिक कोरीडोर, फस्फोरस उत्खनन लगाएतका योजना अगाढी बढाएको बताए ।

सुदूरपश्चिमका सबै नागरिक रोजगारीका लागि भारत जाने गरेको बताउदै उनले उधोग स्थापना गरेर सुदूर मै रोजगारी ब्यवस्था गर्न खाजेको बताए । आफू मन्त्रि हुदा सुरु गरेका योजना यसै क्षेत्रका प्रधानमन्त्री हुदा रोकिएको उनले आरोप लगाए ।

उनले देशमा संकट परेका बेला नेकपा एमालेको सरकारले महत्वपुर्ण भुमिका खेलेको बताउदै उनले नाका बन्दिको बेला देखि कोरोना कालमा महत्वपुर्ण भुमिका खेलेको बताए ।

यस्तै क्षेत्र नम्वर ४ प्रदेश (क) का उमेदवार भिम बहादुर देउवाले देश र राष्ट्रियता बचाउन एमाले जिताउनु पर्ने बताए । नेकपा एमालेको सरकारले भुमिहिन दलित, भुमिहिन सुकुम्वासि, अव्यवस्थित बस्तिलाई ब्यवस्थित गर्न खोज्दा अहिलेको सरकारले रोकेको बताए ।

भट्टले राष्ट्रघाति नागरीक बिधयक पास गरेर देशको राष्ट्रियता बेच्ने खोजेको बताउदै भट्टले यो सरकार जनता पक्षमा भन्दा पनि कालोवजारी र महङ्गि बढाएर जनताको ढाड सेकाउने काम गरेको बताए ।

कैलालीको गोदावरिमा घोषणा भएको राजधानि प्रधानमन्त्री शेर वहादुर देउवाले डडेल्धुरा र पुर्वमन्त्री वीर बहादुर बलायलले डोटी लैजाने घोषणा गरेको बताए । उनले राजधानी कता लैजाने भन्दै दुबै बिच प्रतिस्पर्दा भईरहेको बताए ।

एमालेले गरेका काम देखेर अहिलेको गठबन्धन सरकार डराएको बताउदै सुदूरपश्चिम सरकारका पुर्वमन्त्री कृष्ण राज सुवेदीले एक्ला एक्लै निर्वाचन होमिदा हार्ने डरले गठबन्धन गरेको बताए ।
भट्टले यो गठबन्धन जनताको हित भन्दा पनि आफ्नो पद जोगाउन र देशलाई दुर्गतिमा पुर्याउन बनेको बताए। उनले राष्ट्रलाई बचाउन अपबित्र गठबन्धनलाई भत्काएर एमाले जिताउन आबश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0