डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस (बीपी)सँगको चुनावी तालमेल (विज्ञप्ती सहित)


डडेल्धुरा : नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (बीपी) सँगको चुनावी तालमेल तोडेको छ। शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेल्धुरामा कांग्रेस ९बीपी० सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको थियो।

बीपी कांग्रेसले सहमति विपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकोले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराका जिल्ला अध्यक्ष प्रकाशबहादुर साउदले जानकारी बताए।

शुक्रबार बसेको जिल्ला कमिटिको पूर्ण बैठकले निर्णय तालमेल भंग गर्ने निर्णय गरेको अध्यक्ष साउदले बताए। प्रतिनिधिसभामा बीपी कांग्रेसका वरिष्ठ उपाध्यक्षसमेत रहेका कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा एमालेका उम्मेदवार पठानसिंह बोहरा र प्रदेशसभा २ मा एमालेकै गजेन्द्र शाहीलाई समर्थन गर्ने गरी एमाले र बीपी कांग्रेसबीच सहमति भएको थियो।

‘बीपी कांग्रेसले एकतर्फी रूपमा सम्भौता उल्लंघन गरेकाले तालमेल भंग गरेका हौं,’ अध्यक्ष साउदले भने, ‘अब एमाले एकल रूपमा चुनावमा होमिने पनि हामीले निर्णय गरेका छौं।’

यसअघि बीपी कांग्रेसँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए। स्नेही राष्ट्रियसभाको ४ वर्षे कार्यकाल पूरा गरेका नेतासमेत हुन्।

प्रतिनिधिसभातर्फ एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन्। दुईवटा क्षेत्र रहेको प्रदेशसभामा १२ जनाको उम्मेदवारी छ।

प्रेस विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0